आइसल्याण्डविरुद्ध खेल्दै रोनाल्डोले पूरा गरे अन्तर्राष्ट्रिय फुटबलमा २०० खेल
पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले २०० अन्तर्राष्ट्रिय खेल संख्या पूरा गरेका छन्।
युरो क्वालिफायरअन्तर्गत गएराति आइसल्याण्डविरुद्ध खेल्दै उनले यो आँकडा पूरा गरेका हुन्। त्यस क्रममा पोर्चुगलले जित पनि निकालेको छ। रोनाल्डोले नै ८९ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाए।
सन् २००३ बाट सिनियर टोलीमा डेब्यु गरेका रोनाल्डोले २०० खेलमा १२३ गोल पनि गरेका छन्।
३८ वर्षीय रोनाल्डोले मार्चमा लिकटेन्स्टाइनविरुद्ध आफ्नो १९७ औं क्याप जितेर नयाँ अन्तर्राष्ट्रिय कीर्तिमान बनाएका थिए।
बर्टो मार्टिनेजले पोर्चुगलको प्रशिक्षकको जिम्मेवारी सम्हालेदेखि रोनाल्डोले तीन खेलमा चार गोल गरिसकेका छन्, तर गत हप्ता बोस्निया र हर्जेगोभिनामाथि ३-० को जितमा भने उनले गोल गर्न सकेनन्।
असार ६, २०८० बुधबार ०७:५६:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।