सन् २१०० सम्म ७५ प्रतिशत ग्लेसियर पग्लिने भविष्यवाणी, हिमालय मुनिका ८ देशका २ अर्ब जनसंख्यालाई खतरा

सन् २१०० सम्म ७५ प्रतिशत ग्लेसियर पग्लिने भविष्यवाणी, हिमालय मुनिका ८ देशका २ अर्ब जनसंख्यालाई खतरा
तस्वीरः म्याग्दीको बेनी नगरपालिका

हिमालयका हिमनदीहरू द्रुत गतिमा पग्लिरहेका छन्।

वैज्ञानिकहरूले सन् २१०० सम्म हिमालयका ७५ प्रतिशत ग्लेशियरहरू पग्लिने भविष्यवाणी गरेका छन्। जसका कारण हिमालयमुनिका करिब २ अर्ब जनसंख्या पानी अभाव र बाढीको जोखिममा पर्ने देखिएको छ। जसको प्रत्यक्ष असर भारत, चीन, पाकिस्तान, भुटान, अफगानिस्तान,म्यानमार, नेपाल र बंगलादेशलाई पर्ने देखिन्छ। 

यसको जानकारी काठमाडौंमा रहेको इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड)ले दिएको हो। आगामी दिनमा हिमपहिरोका घटना पनि तीव्र रुपमा बढ्ने बताइएको छ। अल्जजीराका अनुसार ग्लेशियर पग्लिएर त्यसको असर ग्लोबल वार्मिङ नगर्नेलाई समेत पर्नेछ।

सन् २०१० यता हिमालय ६५ प्रतिशत छिटो पग्लिरहेको प्रतिवेदनमा उल्लेख छ। यदि विश्वको तापक्रम १.५ डिग्री सेल्सियस देखि २ डिग्री सेल्सियससम्म बढ्यो भने सन् २१०० सम्म ग्लेशियरहरू ३० देखि ५० प्रतिशत छिटो पग्लनेछन्।

तर, हालको अनुमानअनुसार तापक्रम ३ डिग्रीले बढ्ने सम्भावना छ भने हिमनदी ७५ प्रतिशत छिटो पग्लने छ। प्रतिवेदनमा भारतको गंगा र घाघरा नदीसहित १२ नदी खतरामा पर्न सक्ने बताइएको छ। जुन हिमालय ग्लेशियरबाट निस्कन्छ।

प्रतिवेदनमा जलवायु परिवर्तनका कारण २००० वर्षमा अन्त्य हुन लागेको हिउँ ३० वर्षमा मात्रै सकिएको बताइएको छ। वातावरणमा काम गरिरहेका वैज्ञानिक फिलिप वेस्टरले आगामी १०० वर्षमा हिमालयबाट हिमनदीहरू गुम्ने खतरा रहेको बताएका छन् ।

३५०० किलोमिटरमा फैलिएको हिमालयले ८ देशलाई समेट्छ। हिमालयन हिमनदीका दुई सय ताल खतरामा रहेको बताइएको छ।

असार ६, २०८० बुधबार ०७:३०:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।