अमेरिकाविरुद्ध नेपालको सहज जित
आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत आज नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको छ।
हरारेको टकसिंगा क्रिकेट क्लबको मैदानमा अमेरिकाले दिएको २०८ रनको लक्ष्य नेपालले ७ ओभर बाँकी छँदै भेट्यायो।
नेपालका लागि भीम सार्कीले नटआउट ७७ रन बनाए भने दीपेन्द्र सिंह ऐरीले ३९ रन जोडे। ओपनर कुशल भुर्तेलले ३९ रन जोडे।
टस हारेर ब्याटिङमा उत्रिएको अमेरिका ४९ ओभरमा अलआउट हुँदै २०७ रन बनाएको थियो। अमेरिकाका सायन जांगिरले ७९ बलमा १०० रनको शतकीय पारी खेले पनि हार टार्न पर्याप्त भएन।
नेपालका करन केसीले ४ तथा गुल्सन झाले ३ विकेट लिए। त्यस्तै दीपेन्द्र सिंह ऐरीले २ र ललित राजवंशीले १ विकेट लिए। यसअघि नेपालले पहिलो खेलमा घरेलु टिम जिम्बाबेसँग ८ विकेटको हार बेहोरेको थियो।
असार ५, २०८० मंगलबार २०:१४:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।