सवारी दुर्घटनामा परेका सुदूरपश्चिमका कानुनमन्त्री सिंहको निधन

सवारी दुर्घटनामा परेका सुदूरपश्चिमका कानुनमन्त्री सिंहको निधन

सुर्खेतः सवारी दुर्घटनामा गम्भीर घाइते सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ। 

बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा साँझ उनको मृत्यु भएको मेडिकल कलेज सूचना अधिकारी सञ्जय पन्तले बताए। 

डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सुपप्र०१००१ झ ४८० नम्बरको गाडी बझाङ केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा दुर्घटना भएको थियो। 

गाडीमा मन्त्रीसहित ५ जना सवार थिए। जहाँ ४ जना गम्भीर घाइते भएका थिए। घाइतेमध्ये मन्त्री सिंहकी श्रीमती र भाउजूको मृत्यु भइसकेको छ। उनका पीएसओ दीपक भण्डारी गम्भीर घाइते छन्।

सिंह गत मंसिरको निर्वाचनमा बझाङ १ (१) बाट निर्वाचित भएका थिए। उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।
 

असार ५, २०८० मंगलबार १८:२७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।