भ्रष्टाचार मुद्दामा चुडामणि शर्मासहित तीन जनालाई ९ वर्ष जेल, जरिवाना ४ अर्ब १० करोड

भ्रष्टाचार मुद्दामा चुडामणि शर्मासहित तीन जनालाई ९ वर्ष जेल, जरिवाना ४ अर्ब १० करोड

काठमाडौं : कर फर्छ्यौट आयोगको भ्रष्टाचार मुद्दामा विशेष अदालतले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्मा लगायत तीन जनालाई ९ वर्ष कैद सजाय सुनाएको छ।

शर्मासँगै कर फर्छ्यौट आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महतलाई ९ वर्ष १ महिना र सदस्य उमेश ढकाललाई ९ वर्ष कैद सजाय हुने फैसला भएको हो।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले आज (मंगलबार) यो सजाय सुनाएको हो।

साथै उनीहरूलाई ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँको जरिवाना सुनाएको छ।

असार ५, २०८० मंगलबार १८:१२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।