मुटुको चाल कम भएपछि राष्ट्रपतिको छातीमा राखियो पेस मेकर

मुटुको चाल कम भएपछि राष्ट्रपतिको छातीमा राखियो पेस मेकर

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा स्थायी पेस मेकर राखिएको छ।

उनलाई ७२ घण्टाको नियमित निगरानीका क्रममा मुटुको चाल बेलाबखतमा कम हुने देखिएपछि विशेषज्ञको राय परामर्शमा पेस मेकर राखिएको हो।

त्रिभुवन विश्वविद्यालय चिकित्सक शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आज राष्ट्रपति पौडेलको शरीरमा सफलतापूर्वक पेस मेकर राखिएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. रत्नमणि गजुरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रपति पौडेल यही असार २ गतेदेखि अस्पतालमा उपचाररत रहेका छन्। हाल उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। 

असार ५, २०८० मंगलबार १७:५३:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।