वडा तहसम्मै समानान्तर सत्ता चलाउने रविको घोषणा

वडा तहसम्मै समानान्तर सत्ता चलाउने रविको घोषणा

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार नियन्त्रण गर्न वडा तहसम्मै समानान्तर सत्ता चलाउने घोषणा गरेका छन्।

चितवनको शारदानगरमा मंगलबार आयोजित क्षेत्रीय कार्यकर्ता भेलामा उनले रास्वपाको लक्ष्य नै भ्रष्टाचार नियन्त्रण रहेको दाबी उनले गरे। त्यसका लागि वडा तहसम्म समानान्तर सत्ता चलाउने उनले बताए।

२०८४ मा हुने निर्वाचनलाई केन्द्रविन्दुमा राखेर अहिल्यैदेखि संगठन विस्तारमा जुट्न आग्रह गर्दै उनले आगामी निर्वाचनमा रास्वपा सबैभन्दा ठूलो पार्टी बन्ने दाबी समेत दोहोर्याए। 

उपनिर्वाचनमा दुई स्थान जितेपछि लामिछानेले २०८४ मा रास्वपा सबैभन्दा ठूलो दल हुने दाबी गर्दै आएका छन्।

लक्ष्य पाउन वडादेखि केन्द्रसम्म उपयुक्त व्यक्तिलाई उम्मेदवारका रूपमा तयार गर्ने पार्टीको लक्ष्य रहेको उनले बताए। 

आफूहरु नयाँ रहेको र सिक्ने कुरा धेरै भएको भन्दै आलोचकहरुले रास्वपाको विचार छैन भने पनि उनले विचारका बारेमा पछि कुरा गर्ने बताए।

रविले भ्रष्टाचारीहरुलाई पार्टीबाट निष्काशित गरेर उनीहरुले जितेका निर्वाचन क्षेत्रमा निर्वाचन गर्ने व्यवस्था गर्न ठूला पार्टीहरुलाई चुनौती समेत दिएका छन्।

असार ५, २०८० मंगलबार १७:१४:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।