चौथो अंगः लैंगिक विविधता स्वीकारे पनि ‘इस्यु’ उठाउन कन्जुस छन् हाम्रा मिडिया

चौथो अंगः लैंगिक विविधता स्वीकारे पनि ‘इस्यु’ उठाउन कन्जुस छन् हाम्रा मिडिया

२०६४ पछि नेपाली मिडिया सामग्री र सहभागिताको हिसाबले समावेशी हुँदै गएको देखिन्छ।

तत्कालीन माओवादी महिला लडाकुका कथाले पत्रिकाहरूको पाना भरिन थाले। उनीहरूले बन्दुक बोकेर युद्ध लडेको, गर्भवस्थामा समेत युद्धमा लागेको, जनवादी विवाह गरेको तथा अन्तरजातीय विवाह गरेको कुराले स्थान पाउन थाले। 

जब राजनीतिक रूपमा पनि महिलाहरूको अधिकार सुनश्चित भयो तब मात्रै महिलाका सवालमा छलफल हुन थाल्यो। 

नागरिकताको सवाल तथा यौनिक तथा लैंगिक अल्पसंख्यकको सवाल, आदिवासी जनजाति, दलित, सीमान्तकृत समुदायबारे खुलेर छलफल हुन थाल्यो।

राजनीतिज्ञले जे-जेमा छलफल गर्थे मिडियामा त्यस्तै स्टोरीहरू आउन थाले। जब राजनीतिमा केही हदसम्म समावेशी हुन थाल्यो मिडिया पनि त्यस्तै हुँदै गइरहेको देखिन्छ। मिडिया आफैंले ‘इस्यु’उठान गरेर समावेशीको हिसाबमा काम गरेको जस्तो भने मलाई अझै लाग्दैन। 

मिडियामा पितृसत्तात्मक सोच हाबी भयो

२०५४ सालमा काठमाडौँ आउनुअघि भोजपुरमा रेडियो सुनेर हुर्केको हौँ हामी। रेडियोमा आउने बाल कार्यक्रममा मुना पत्रिकाको नाम सुनिन्थ्यो। रेडियोमा आउने नाटकले खुबै मन छुन्थ्यो। नछुटाई सुन्थ्यौँ हामी। काठमाडौँ आएपछि भने सुरुवातमा साप्ताहिक पत्रिकाले ध्यान खिचेँ।

साप्ताहिक पत्रिकामा गैरराजनीतिक विषय बढी हुन्थ्यो। साप्ताहिक पढ्नभन्दा पनि हेर्न किनिन्थ्यो। पढ्न बानी लगाउन भने यी साप्ताहिक निकै सहयोगी भए। बिस्तारै आफैंले लेख्न थालियो। मर्टिन चौतारीमा काम गर्न थालेपछि भने मैले धेरै कुरा सिक्न पाएँ।

त्यसपछि राजनीतिक र सामाजिक मुद्दामा लेखिएका समाचारहरू निरन्तर हेरियो। कुनै विषयमा लेख्नु छ भने त्यो विषयमा पढ्नु, त्यस विषयमा सम्बन्धित व्यक्तिहरूलाई भेट्नु र छलफल गर्नु पर्छ भन्ने कुरा मार्टिन चौतारीमा नै आएपछि थाहा पाएँ। विस्तारै यही बाटोमा लागियो। 

२०५८ सालअघि समाचारमा हरेक विषयलाई राजनीतिमा जोडेर हेरिँदैन्थ्यो। दरबार हत्याकाण्डबाट पछि भने प्रायः समाचारमा राजनीति जोडिन थालेको जस्तो लाग्छ। 

म्यागेजिनहरू धेरै थिए। प्रत्येक म्यागेजिनका फर्म्याट फरक थियो, अर्थ-राजनीति देखि मनोरञ्जनसम्मका। अहिले यस्ता म्यागेजिनको अभाव देखिन्छ। अनलाइन पोर्टलहरू धेरै नै छन् तर ती पनि अपडेटकै पछि कुदेका देखिन्छन्। केही मिडियाले धेरै राम्रो इस्यु भने उठान गरिरहेका छन्। 

२०६२/०६३ को जनआन्दोलनपछि राजनीतिक व्यवस्था फेरियो। व्यवस्था फेरिएसँगै राजनीतिमा समावेशीताको हलचल आयो। स्वाभाविक रूपमा मिडियालाई पनि यसले प्रभाव पार्ने नै भयो।  यसअघि जस्तो पैतृक सम्पत्तिमा समान हक, वैवाहिक बलात्कारजस्ता विषयमा अदालतमा रिट हाल्दा ‘खिस्याउने’ समूहलाई पश्रय दिन कम गर्यो।

यद्यपि आमाको नाममा नागरिकता दिन हुन्छ कि हुन्न भन्ने सन्दर्भमा परम्परागत मान्यता बोक्ने पित्तृसत्तात्मक सोच भएकालाई स्थान दिन पनि छाड्दैन।

नागरिकताको सवाल,सम्पत्तिमा समान हक, आरक्षण प्रणालीजस्ता कुराहरूको व्यापक छलफल भए मिडियामा। धेरैजसो मूलधारका मिडियाहरूले लैंगिक समानता हुनुपर्छ भन्नेतर्फ ध्यान दिन थालेका छन्। राजनीतिज्ञ र आन्दोलनकर्मीहरूले उठाएपछि त्यसलाई मिडियाले स्थान दिँदै आएका छन्। 

मिडियाले इस्युलाई 'पुट' त गर्यो तर महिलाका इस्युलाई अतिरञ्जित गर्ने गरी। उदाहरणका लागि, महिला हिंसा, बलात्कार जस्ता विषयलाई मिडियाले असंवेदनशील र अतिरञ्जित तरिकाले प्रस्तुत गर्ने गर्छ। मिडियाले जघन्य अपराधका समाचारलाई पनि प्रायः बिकाउ विषय बनाउन खोज्छ। त्यस्ता संवेदनशील कुरालाई बिकाउ शैलीमा प्रस्तुत गर्नु ठीक होइन। 

२०६३ सालपछि माओवादी लडाकुहरू शिविरमा बसे। महिला लडाकुहरूले बन्दुक बोकेर गरेको युद्धलाई के-के न भए जसरी प्रस्तुत गरे। महिलाले नयाँ काम गरे भने बडो अनौठो प्राणीबारे जसरी लेखे। यस्तो हुनुमा विशेष त मिडियामा पितृसत्तात्मक सोच हाबी भएको देखिन्छ।

महिलाका समाचार छन् भने एकदमै सस्ता हेडलाइनहरू राखेर समाचार बनाइन्छन्। महिलाले आफूलाई व्यक्त गर्न चाहे अनुसार होइन कि मिडियाले उठाउन चाहेअनुसार कन्टेन्ट प्रकाशित भएको देखिन्छ।

यस्तो प्रवृत्ति महिलाको सवालमा मात्रै होइन यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको सवालमा पनि उस्तै हो। पितृसत्ताले चाहेबमोजिम उनीहरूको मुद्दा उठाउने होइन नि। जसले जसको कुरा जसरी उठाउन चाहन्छ त्यसरी नै उठाउने हो न कि आफ्नो धारणाअुनसार। 

सहभागिता बढ्यो,इस्यु उठान भएन 

केही समय पहिल्यै हामीले एउटा छलफल कार्यक्रम राखेका थियौँ, मार्टिन चौतारीमा। महिला आयोगको सदस्य वक्ताको रूपमा निम्त्याइएको थियो। कार्यक्रमपछि उहाँसँग एक जना पत्रकारले कुरा गरे, मेरैसामु। उहाँले आफ्नो पारिवारिक सरसहयोगको सन्दर्भमा सोधिएका प्रश्नमा मेरो श्रीमानले मलाई सहयोग गर्नुहुन्छ तर कपडा सुकाउन र उठाउन छतमा गएको देखेपछि छिमेकीले जोइटिग्रें भन्छन्, हाम्रो समाज नै परिवर्तनको बाधक हो भनेर बोल्नुभएको थियो। 

‘जोइटिग्रेंफोबिया’ भन्ने शीर्षकमा उहाँको कुरा छापियो। त्यसबाहेक अरू महत्वपूर्ण कुराहरूले ठाउँ पाएन। हिजो आज मिडियाले यस्ता सस्ता शीर्षक राख्न अलिक हच्किन्छन्। अनौपचारिक कुराकानीमा भन्नुहुन्छ 'मिडियाकर्मीहरू, शीर्षक त खास अर्कै राख्नुपर्ने हो, फेरि महिलावादीले मार्छन्।’

आलोचनाको डरले सन्तुलित हेडलाइन राखेको देखिन्छ। प्रायः हेडलाइनमा केही ख्याल गर्न थालेका मिडियाले इस्यु उठानमा भने कन्जुस्याईं गर्छन् अझै पनि।

नारी दिवसमा पहिले एक दिन महिलामैत्री बनाइन्थ्यो, अहिले कम्तीमा एक महिनादेखि इस्यु उठान गरे पनि त्यो एक महिना मात्रै सीमित हुने देखियो। घटनामा केन्द्रित भएका मिडिया लैंगिकताको सवालमा कस्ता कस्ता कन्टेन्ट उठाउने भन्ने सन्दर्भमा बेखबर भएजस्तो गर्छन्।

लैंगिकतासम्बन्धी समाचार आए पनि आफूअनुकुल भाष्य सिर्जना गर्छन् मिडियाले। पित्तृसत्तात्मक चिन्तन हाबी भएका महिला पत्रकार टिक्ने र जो महिलावादी छ उसले भनेको कुरा लागू नगरेको पनि मैले सुनेको छु।

समग्रमा बुझ्दा अधिकांश मिडियामा महिला सहभागिता त बढ्यो तर महिलामैत्री कार्यशैली, र लैंगिक समान भाष्य निर्माणको निमित्त आवश्यक वातावरण र संरचनाको विकास भइसकेको छैन।

लैंगिकतालाई इभेन्ट बेस समाचारकै विषयमा बढी खुम्च्याइएको छ। त्यसबारे बृहत् बहस र संवाद गर्ने गराउनेतर्फ धेरै चासो राखेको देखिँदैन। 

उदाहरणका लागि २०६४ सालमा सुनिलबाबु पन्त संविधान सभा सदस्य भएपछि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको कुरा उठ्यो। यसअघि यो समुदाय नभएको होइन तर मिडियाले उठाएको थिएन। २०-२२ वर्ष भइसक्यो यो समुदाय आफ्नो अधिकारका लागि लडिरहेको। अझै पनि यो समुदायको विषय उठान गरेर मिडियाले राम्रोसँग रिपोर्टिङ गर्न सकेको छैन।

केही केही मुद्दामा मिडियाले पनि जोखिम उठाउन सक्नुपर्छ। सामाजिक न्यायको सन्दर्भमा मिडियाले जोखिम उठाएरै इस्यु उठान गरे हुने भन्ने मलाई लाग्छ। विचार जुनसुकै समुदायकाले लेखे पनि आउने, तर निरन्तर त्यही विषयले स्थान पाउँदैन। दलित महिलाको इस्यु एक जना दलित महिलाले लेख्यो भने कम्तीमा एक महिनासम्म त्यो इस्यु सो मिडियामा आउँदैन।

सीमान्तकृतहरूको सवाललाई ‘ओकेजनल कन्टेन्ट’को रूपमा हेर्ने गरिएकाले एउटै खालको विचार किन दिने भन्ने गरेको सुनिन्छ। तर एउटै विषयमा कुनै राजनीतिक टीकाटिप्पणी छ भने त्यसले भने स्पेश दिएको देखिन्छ मिडियाले।

त्यसो त लैंगिकताको विषयमा बहस उठान गर्न र गराउन स्थान उपलब्ध हुन सक्छ भन्ने पछिल्लो उदाहरण प्रकाश सपुतको गीतकेन्द्रित बहस हो। तर त्यसका लागि मिडियाका हर्ताकर्ताले त्यो विषय र त्यस विषयलाई उठान गर्नेहरूलाई पत्याउनुपर्यो। लैंगिकताको विषयमा बहस गर्न सक्षम जमात त हामीकहाँ तयारै छन्।

लैंगिकतालाई विस्तारै स्विकार्दै गए पनि पुरानै ढर्रा 

जब हामी संघीयतामा गयौँ, मिडिया पनि संघियतामा जानुपर्ने हो। तर मिडियामा संघीयता आएको छैन किजस्तो देखिन्छ। सिंहदरबार गाउँगाउँ पुग्यो भनिन्छ। राज्यसंरचना विकेन्द्रित हुँदा त्यहाँभित्र लैंगिक सहभागिता बढ्यो। विविध खालका आवाजहरू उठ्दै जाने क्रम सकारात्मक छ। तर मिडिया भनेकै काठमाडौँबाट सञ्चालित ‘ठूला’ र ‘राष्ट्रिय’ भनिएकै हो भन्ने मानसिकता बलियो छ।

त्यस्ता मिडियाहरूले स्थानीय विषयवस्तुलाई पर्याप्त स्थान दिन सकेको छैन। नेतालाई गाउँ गएनन्, बजेट सहरकेन्द्रित गराए भनेर आलोचना गर्छौँ। मिडिया आफैंले आफूतिर फर्केर हेरेको देखिएन। 

कुनै गाउँमा कुनै पालिकाले राम्रो काम पनि गरेको हुन सक्छ, कुनै पालिकाले बदमासी पनि गरेको हुन सक्छ यसबारे मिडियाले आफूलाई खुम्चायो, फैलाउन सकेन। 

संघीयतापछि धेरै महिला राजनीतिक नेतृत्वमा पुगेका छन् तर समाचारहरूमा महिलाभन्दा पुरुषकै भनाइहरू आएको देखिन्छ। महिला सहभागितालाई स्वीकारे पनि  महिलाहरूमा भएको विज्ञतालाई अझै पनि स्वीकारेको देखिँदैन। महिला भएपछि महिलाकै विषयमा बोल्न र लेख्न मात्रै स्थान दिने गरिन्छ।

त्यसमाथि पनि अझ पित्तृसत्तात्मक संरचना, अभ्यासभित्रै अटाउने खालका महिलाकेन्द्री खुराकलाई बढी रुचाइन्छ। त्यसबाहेक भिन्न, परिवर्तनकामी, शक्ति संरचनालाई धक्का पुग्ने खालका विचार र त्यस्ता विचार राख्नेहरूलाई सकभर स्थान दिन खोजिन्न। 

तसर्थ नेपाली मिडियाले लैंगिकताको हिसाबले सहभागितालाई समावेशी बनाउँदै लगेजस्तै उनीहरूले दिने सामग्रीमा पनि समावेशी न्यायोचित रूपमा देखिनु जरुरी छ।

बजारकेन्द्रित मात्रै हैन, सवाल र समुदायकेन्द्रित भएर कन्टेन्ट जेनेरेट गर्नुपर्यो। यसमा मिडिया लगानीकर्ता र मिडियाकर्मी सबैले जोखिम उठाउन तयार हुनैपर्ने अवस्था देखिन्छ।  

(सामाजिक अध्येता राई मार्टिन चौतारीसँग आबद्ध छिन्। उनैसँग उकेराको चौथो अंग कोलमका लागि ‘लैंगिकताको सवालमा नेपाली मिडियाले उठाउनु सुधार्नुपर्ने सवालहरू’ शीर्षकमा केन्द्रित भएर प्रजु पन्तले गरेको कुराकानी)

चौथो अंगका पुराना श्रृंखला

कमजोर सम्पादक, ठेस लाग्ने पत्रकारिता

सेनापति त सम्पादक हो, रिपोर्टरलाई किन दोष ?

धन्न ! प्रकाशकका सन्तानले पत्रकारितामा रुचि देखाएनन्, नत्र सम्पादक पनि उनीहरू नै हुन्थे

प्रुफ रिडरसँग बहस गर्न सक्ने सम्पादक छैनन्, अनि कसरी सुध्रन्छ भाषा ?

समुदायको हुनुपर्ने रेडियो दलको मुठ्ठीमा पुगे

प्रकाशकलाई फोटो पत्रकारले बिगारे

पलायन भएनन् भने १० वर्षमा महिला पत्रकारले ठूलै मिडिया लिड गर्छन्

नेपाली मिडियामा डिजाइन बुझ्ने सम्पादक नै छैनन्

बिहान पत्रिका हेरेपछि लाग्छ, बित्थामा समय खेर गयो

'पत्रकार, सम्पादक र साहु नै दलमा आश्रित भए'

...बरु भेडा चराउन सजिलो

पत्रकार महासंघको चुनावमा दलका नेताले किन चासो राख्छन्, मै छक्क पर्छु

चौथो अंगमा राजकुमार बानियाँ : सम्पादकहरु झोलुङ्गे पुल जस्ता भए, काम नगर्ने हल्लिने मात्रै

सत्ता गुम्ने डरले विद्युतीय कारोबार ऐनको दुरुपयोग

 त्रिवि पत्रकारिता विभागमा सिन्डिकेट छ

सञ्चारगृहको असहयोगका कारण पत्रकार जोखिममा छन्

जोखिम मोलेर काम गर्ने रिपोर्टरलाई प्रोत्साहन छैन

धेरैजसो स्वास्थ्य पत्रकार ‘टिप्स’ मा रमाइरहेका छन्

नेताको खल्तीबाट नियुक्ति पाएकाहरुबाट सही सूचनाको के आश?

नेपाली पत्रकारितामा महेन्द्रको ‘एक भाषा’ नीति अझै फेरिएन

प्रेस सल्लाहकार बनेका पत्रकार बिचौलिया भए

चौथो अंगमा भिडियोग्राफर देवआनन्द : तलबबिना पनि कसैले काम गर्नसक्छ ?

चौथो अंगमा दिलभुषण : टिभी पत्रकार अल्छी, सञ्चालक बोधो

 चौंथो अंगमा केदार शर्मा : मिडियाको नाकको डोरी पाठककै हातमा हुन्छ, हुनुपर्छ

चौथो अंगमा प्रकाशक उज्ज्वल शर्मा : अधिकांश सम्पादक घमन्डी छन्, प्रकाशकलाई मुर्ख ठान्छन्

चौथो अंगमा पत्रकार हर्ष सुब्बा : स्रोत भेरिफाइ नगरे मिडियामा अनुजा काण्ड दोहोरिइरहन्छ

चौथो अंगमा देवेन्द्रराज पाण्डे : पञ्चायतमा राज्यले समाचार सेन्सर गर्थ्यो, गणतन्त्रमा व्यापारीले गर्छन्

चौथो अंगमा राम भट्टराई : प्रेस काउन्सिलमा देखाइने पत्रिका बिक्रीको विवरण सबै झुटा हुन्

चौथो अंगमा किशोर थुलुङ : पत्रकारलाई लाइसेन्सको कुरा उठ्दा किन टाउकोदुखाइ ?

चौथो अंगमा पूर्व मार्केटिङ विभाग प्रमुख नरेन्द्र राजभण्डारी : साहु कारमा, कर्मचारी मारमा

हाम्रा मिडिया हिसाब-किताब सार्वजनिक गर्न किन सक्दैनन् ?

चौथो अंगमा पत्रिका बिक्रेता रामकृष्ण धिताल : ग्राहक पैसा दिँदैनन्, मिडिया हाउसले चिन्दैनन्

चौथो अंगमा गजेन्द्र बुढाथोकी : समाचार छाप्ने-नछाप्ने सम्पादकले हैन मार्केटिङले निर्णय गर्न थालेका छन्

शिक्षा पत्रकारिता लेनदेनमा फस्यो, पत्रकार ‘हण्डी’  खाने भए

कला पत्रकार सतही भए, सिएटी क्याट लेख्न त एबिसिडी पढेकै हुनुपर्छ नि !

समाचार बुझ्ने सम्पादक कम भएकाले सूचनाको हक प्रयोग भएन 

समाचार वाचकमा ‘न्युज सेन्स’ हुनैपर्छ

प्रधानमन्त्रीको डटेर आलोचना गर्ने पत्रकार सर्वोत्तम सिमेन्टसँग हच्किन्छ

सम्पादक क्लिकमै रमाउने, रिपोर्टरले मात्रै के गरोस् ?

न्यायाधीशहरुको पहुँच समाचारकक्षसम्म छ

सम्पादकले नमानेपछि भूमिगत रुपमा रिपोर्टर चलाउँछन् प्रकाशक

विचार जे भए पनि समाचार कक्षमा छिरिसकेपछि स्वतन्त्र हुनुपर्छ

नेपालीको ‘हाउडे’ चरित्र मिडियामा पनि देखिन्छ

लेख्ने अग्रगामी, व्यहोरा भने पश्चगामी

टेब्लोइड पत्रिकाको क्रेज अब फर्किंदैन 

प्रवक्ता जस्ता पत्रकार, किस्सामा समाचार लेखाउने सम्पादक

दिनभरि सेयर बजारका खेलाडी, साँझ पत्रकार

च्याँखे थाप्ने मिडिया, साहुको मुनिम जस्ता सम्पादक

ब्रेकिङ दिने होडमा तथ्यलाई नै बेवास्ता गर्छन् हाम्रा मिडिया

रेडियोमा रिपोर्टिङ टिम नै छैन, चोरचार गरेर समाचार सम्प्रेषण हुन्छन्

प्रकाशकले मिडियालाई नाफा कमाउने हतियार बनाए

ज्योतिष हेराएर रङ छान्ने लगानीकर्ताले टिभीको स्वरुप बिगारे

रिपोर्टरले राजनीतिक दलको धारणा बोल्दा कुटनीतिक पत्रकारिता कमजोर

विश्वविद्यालयको गोल्डमेडलिस्टले नेपालको मिडियामा किन करिअर देख्दैन ?

दाताले उठाएको इस्युमा लेखौँला तर फाइलिङ कपी देखाउँदिन भन्ने पत्रकार कति छन्?

दिपेश घिमिरे : पत्रकारिताले होस गुमाउँदा ठूला काण्ड ओझेल, दोषीलाई उन्मुक्ति

चौथो अंगमा मीरा ढुंगाना : सम्पादकदेखि रिपोर्टरसम्मले महिलाका मुद्दालाई प्रमुख समाचार किन देख्दैनन् ?

चौथो अंगमा कन्हैयालाल केशरी : मोफसलका पत्रकारले भोकै काम गर्नुपर्ने हो ?

चौथो अंगमा मनिष झा : नेपाली मिडियाका प्रश्नकर्ता टिप्पर ड्राइभर जस्ता- अगाडि मात्रै देख्ने, तथ्य नकेलाउने

चौथो अंगमा बिनु सुवेदी : राजनीतिक रिपोर्टरको लक्ष्य सम्पादक होइन, नेताका प्रेस सल्लाहकार बन्ने देखियो

चौथो अंगमा अजयभद्र खनाल : विज्ञापन र प्रोजेक्ट हात पार्न मिडियाको संघीयकरण भयो, समाचारमा भएन

चौथो अंगमा कृष्ण पहाडी :  लज्जाबोध नगर्ने पत्रकार, कर्मकाण्डी नागरिक समाज

चौथो अंगमा कुबेर चालिसे : बेला-बेला शंका लाग्छ, हामीले गरिरहेको काम पत्रकारिता त हो !  

चौथो अंगमा रञ्जित तामाङ : जिल्लामा खटाइएका संवाददाता विज्ञापनका डिलर जस्ता भए

अनलाइनहरु 'बैठक बस्दै, बस्यो, सकियो' पाराका ब्रेकिङको पछि मात्र कुदे

जति उफ्रिए पनि मिडियाले मतदाताको मनस्थिति बदल्न सक्दैनन्

 नियमित तलब नदिने प्रकाशक भएको क्षेत्रमा समाचारमा लगानी भएन भनेर के आलोचना गर्नु !

 कला पत्रकार ठेकेदारको शरणमा, कलाकारका पिआर एजेन्ट जस्ता

समाचार नै लेख्न नजान्ने सम्पादक, अपलोडर भए कपी इडिटर

सम्पादकलाई चिठी लेख्न समेत नसिकेका पत्रकारिताका विद्यार्थीले प्रथम श्रेणीमा स्नातक गरेका छन्

हाम्रा मिडिया विज्ञापन आउन्जेल बोक्ने, आउन छोडेपछि ठोक्ने

पैसा लिएर गरिएको समीक्षा कस्तो हुन्छ? राम्रो फिल्म बनाउनेले त पैसा बाँड्दैन नि !

पहिले पत्रकार हुँ भन्दा इज्जत हुन्थ्यो, अहिले त इमान-सम्मान सबै गुमाए

कतै काम नपाएपछि बनेका रिपोर्टर र भडास मात्रै पोख्ने सम्पादक भएपछि सकिएन त पत्रकारिता !

पर्यटन पत्रकारितामा रिपोर्टर कम भए, सम्पादक बल्ल बुझ्दै छन्

नेपाली चलचित्र क्षेत्रमा अवार्ड किनबेच हुन्छ, तर रंग पत्रकार एक अक्षर लेख्दैनन्

स्वतन्त्र रहनुपर्ने पत्रकार दलका कार्यकर्ता जस्ता भएपछि नेताले हेपिहाल्छन् नि !

हाम्रा मिडिया व्यापारीले जसलाई ठोक् भन्यो ठोकिदिन्छन्, जसलाई बोक् भन्यो जुरुक्कै बोक्छन्

मिडिया र अदालतको सम्बन्ध बाघ र सिकारीको जस्तो, आँखा झिमिक्क भयो कि आक्रमण गरिहाल्ने

कर्पोरेट हाउसहरूबाट निजी मिडिया जति नियन्त्रित छन्, सरकारी मिडिया सरकारबाट त्यो भन्दा बढि स्वतन्त्र छन्

समाचार एजेन्सीले विश्वसनीय समाचार दिनुपर्नेमा चोरेर बेच्न थालेपछि कसले पत्याउने !

दलित बालिका बलात्कृत हुँदा बाहुन-क्षेत्रीको घटनामा झैँ मिडियाले किन स्पेश दिँदैनन् !

भारतको मूलधार मिडियाले मुसलमानलाई जसरी हेर्छन्, नेपालका मूलधार मिडियाले मधेसीलाई त्यसरी नै हेर्छन्

स्केचमा त प्राथामिकता नदिएका अनलाइनले कार्टुनलाई किन दिन्थे र! 

समाचार लेख्नेभन्दा रोक्ने पत्रकार मिडियामा हावी भए

उत्पादकलाई नै मेरो समाचार पैसा तिरेर पढ्न लायक छ भन्ने विश्वास छैन, अनि कसले तिर्छ पैसा!

राजाले टीका लगाएर बनाएका मन्त्री जस्ता भए अहिलेका सम्पादक

धेरैजसो स्तम्भकार दलसँग जोडिए, विचारमा सत्ताको गीत मात्रै गाए

सामाजिक सञ्जालमा मिडिया सामग्रीबारे प्रतिक्रिया दिनेहरू अराजक हैनन्, असल पाठक हुन्

व्यापारीसँग पत्रकारको अपवित्र गठबन्धन हुँदा सत्तासँगको ‘नेक्सस’ बाहिर आउँदैन

सत्ताको भाषा बोलेर मुद्दालाई उपेक्षा गर्ने र बहसै नगर्ने भए हाम्रा मिडिया

अहिले पत्रकारले हैन स्रोतले समाचार लेखिरहेका छन्, थाहा पाएर पनि सम्पादक मौन छन्

पत्रकारिता गरेर रवीश कुमार हैन विनोद चौधरी बन्न चाहनेहरू नेपाली मिडियामा हावी भए

समाचारमा सिन्डिकेट चलेको छ, पत्रकार व्यस्त हैन अस्तव्यस्त छन्

मिडिया अनुसन्धान हामीलाई के चाहिएको छ, हैन दातृ निकायले के खोजेका छन् त्यसैमा बढि केन्द्रित भयो

अहिलेका रिपोर्टरले सम्पादकलाई नै टेर्दैनन्, व्यक्तिगत स्वार्थले पत्रकारिता पत्रु हुँदै गयो

सम्पादक भएर एउटै समाचार नलेख्ने अनि रिपोर्टर बिग्रिए भनेर कराउने?

युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

स्रोतले बतायो भन्दै अनुमान गर्दै लेखिने समाचारले समाधान दिँदैन, प्रश्न मात्र जन्माउँछ

राशिफल पत्याउनेले नेपाली प्रेसलाई पत्याउँदिन भन्न मिल्छ?

काठमाडौंका सम्पादकलाई कुन जिल्लामा को रिपोर्टर छ भन्ने समेत थाहा हुँदैन

नेपाली मिडियाले सीमान्तकृत समुदायको आँशु मात्रै देख्छ अनी आफ्नो अखबारमा टाँसेर बेच्छ

रिपोर्टरहरू सिक्नै नचाहने भए, सम्पादकहरू भोलिको बाटाे बनाउन लागे

विषय उठाएपछि वारको पार लगाउने टिभी शो भएनन्

नेपाली पत्रकारहरूले पदको हिसाबमा चाँडै छलाङ त मारे तर क्षमता...

भनेअनुसार फोटो खिच्ने त हुन् भनेर रिपोर्टरले फोटोपत्रकारलाई कम नआँके हुन्छ

ठूला मिडियाले लत्तो छाडे, सम्पादकहरू निरीह बन

अन्तर्राष्ट्रिय मिडियाले हिमाल र गरिबीकै स्टोरी खोज्छन्, अन्य इस्यूमा हामीले कन्भिन्स गर्न सकेनौँ

युट्युब जत्तिका पनि भएनन् अहिलेका टेलिभिजन

चौथो अंग : प्रहरीको प्रवक्ताजस्ता भयौँ सुरक्षा बिटका पत्रकार

रिपोर्टरले फिल्डमा जाने प्रस्ताव ल्याए सम्पादकले कताबाट पैसा जोहो गर्ने भनेर सोच्नुपर्ने अवस्था छ

चौथो अंग : नेपालका मिडियामा काम गरौँ भन्ने नै लाग्दैन, कि आफैँ खोल्ने कि विदेशीमा काम गर्ने

चौथो अंग : परराष्ट्र मामिलामा संवेदनशील हुनुपर्छ, तर घुम्न बोलाउँदैन कि भन्ने लोभ पत्रकारमा देखिन्छ

५ असार, २०८०, १५:४६:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।