बाटोमा हिंड्दै गर्दा पहिरो खसेर ७८ वर्षीय वृद्ध गम्भीर घाइते, एक घर पुरियो

बाटोमा हिंड्दै गर्दा पहिरो खसेर ७८ वर्षीय वृद्ध गम्भीर घाइते, एक घर पुरियो

ताप्लेजुङ : ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज पहिरोले एक घर पुरिएको छ। पहिरोले मेहेलेको खुवास्थित तार्छदिप लिङ्देनको घर पुरिएको हो।

उक्त घरमा लिङ्देन एक्लै बस्दै आएका थिए। पहिरो गएको बेला घरबाहिर रहेका कारण मानवीय क्षति हुन नपाएको स्थानीय राजकुमार कँडेलले बताए।

यस्तै मेहेलेका ७८ वर्षीय वृखबहादुर लिम्बू आज पहिरोमा परी गम्भीर घाइते भएका छन्। बाटोमा हिंड्दै गर्दा माथिबाट आएको पहिरोमा परी घाइते भएका हुन्।

निरन्तरको वर्षासँगै बाढी र पहिरो जाँदा मेहेले, खेवाङ र सुरुम्खीका बासिन्दा घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन्।

असार ५, २०८० मंगलबार १४:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।