नागरिकता पीडित आन्दोलनकारी र प्रहरीबीच माइतीघरमा झडप (तस्बिरहरू)

नागरिकता पीडित आन्दोलनकारी र प्रहरीबीच माइतीघरमा झडप (तस्बिरहरू)

काठमाडौं : आन्दोलनरत नागरिकता पीडित संघर्ष समितिका सदस्य र प्रहरीबीच काठमाडौंको माइतीघरमा झडप भएको छ।

नागरिकताको माग गर्दै काठमाडौंको माइतीघरमा विरोधमा उत्रिएका आन्दोलनकारी माथि प्रहरीले बल प्रयोग गरेपछि झडप भएको हो।

आन्दोलनकारीले निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयास गर्दा प्रहरीले बल प्रयोग गरेर रोक्न खोजेको थियो।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनमा सर्वोच्च अदालतले रोक लगाएपछि नागरिकता पीडित संघर्ष समितिले माइतीघरमा प्रदर्शन गरेको हो।

असार ५, २०८० मंगलबार १४:४२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।