अमेरिकाविरुद्ध करणको सानदार बलिङ, मात्र ६ रन खर्चिएर लिए ४ विकेट
काठमाडौं : नेपालका तीव्र गतिका बलर करण केसीले अमेरिकासँगको खेलमा सानदार बलिङ गरेका छन्।
करण एक्लैले ४ विकेट लिएपछि एकदिवसीय विश्वकप छनोट खेलमा अमेरिकाको इनिङ धरापमा परेको छ। करणले ४.३ ओभरमा मात्र ६ रन खर्चेर २ मेडनसहित अमेरिकाको ४ विकेट लिए।
१४ ओभरको खेल सकिंदासम्म अमेरिकाले ४ विकेटको क्षतिमा मात्र ३३ रन जोडेको छ। ९.२ ओभरमा मात्र १८ रनमा अमेरिकाको ४ विकेट खसेको थियो।
करणले दोस्रो ओभरमा लगातार दुई विकेट लिएका थिए। टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाका ओपनर स्टिभ टेलर ४ रनमा र साइतेजा मुकामल्ला शून्यमा आउट भए।
त्यस्तै अमेरिकाका कप्तान आरोन जोन्स दुई रनमा र केन्जिगे पनि एक रनमा करणको सिकार बनेका थिए।
असार ५, २०८० मंगलबार १४:११:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।