प्रेम चलाउनेको समर्थनमा जिल्ला अदालत अगाडि प्रदर्शन गर्नेहरू पक्राउ (तस्बिरहरू)

प्रेम चलाउनेको समर्थनमा जिल्ला अदालत अगाडि प्रदर्शन गर्नेहरू पक्राउ (तस्बिरहरू)

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक  प्रेम चलाउनेको समर्थनमा काठमाडौं जिल्ला अदालत अगाडि प्रदर्शन गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको छ।

प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध जिल्ला अदालत, काठमाडौं बाहिर आज प्रदर्शन भएको थियो।

समाजशास्त्रका उपप्राध्यापक प्रेम चलाउने माथि २०७७ असोज २० गते सांघातिक हमला गर्नेहरूलाई मन्त्रीपरिषदको बैठकले उन्मुक्ति दिने निर्णय गरेको विरोधमा वृहत् नागरिक आन्दोलन नाम दिइएर जिल्ला अदालत अगाडि प्रदर्शन भएको हो।

 विश्वविद्यालयलाई हिंसारहित बनाउन र उपप्राध्यापक प्रेम चलाउनेलाई न्याय दिलाउन जिल्ला अदालत परिसरमा भेला भएर विभिन्न ब्यानर सहित प्रदर्शन सुरु भएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

असार ५, २०८० मंगलबार ११:४७:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।