ग्रीसमाथि फ्रान्सको कठिन जित, साकाको ह्याट्रिकमा इंग्ल्याण्डको ७ गोल
काठमाडौँः युरोपियन च्याम्पियनसिप क्वालिफायरअन्तर्गत गएरातिको खेलमा फ्रान्सले ग्रीसमाथि संघर्षपूर्ण १-० को जित निकालेको छ।
किलियन एम्बाप्पेले ५५ औं मिनेटमा पेनाल्टीमार्फत गरेको एक मात्र गोल मद्दतमा फ्रान्स विजयी भएको हो।
ग्रीसका खेलाडीले ६९ मिनेटमा रातो कार्ड खाँदै मैदान छाडेका थिए। त्यसपछि एकपक्षीय खेल भए पनि फ्रान्सले अर्को गोल थप्न सकेन।
यता अर्को खेलमा गत संस्करणको उपविजेता इंग्ल्याण्डले नर्थ मेसोडोनियालाई ७-० गोलअन्तरले हराएको छ। यस क्रममा आर्सनलका राइट विंगर तथा मिड फिल्डर बुकायो साकाले ह्याट्रिक गरे भने ह्यारी केनले २ गोल गरे। त्यस्तै मार्कस राशफोर्ड र क्याल्भिन फिलिप्सले एक/एक गोल गरे।
त्यस्तै डेनमार्कले भने स्लोभेनियासँग १-१ गोलको बराबरी खेलेको छ।
असार ५, २०८० मंगलबार ०८:११:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।