नेपाल-भारत सीमा समस्या कुटनीतिक माध्यमबाट समाधान गरिनुपर्छः रवि लामिछाने

नेपाल-भारत सीमा समस्या कुटनीतिक माध्यमबाट समाधान गरिनुपर्छः रवि लामिछाने
फाइल तस्वीर

काठमाडौँः रास्वपा सभापति रवि लामिछानेले नेपाल-भारत सीमा समस्या कुटनीतिक माध्यमबाट पहल गरिनुपर्ने बताएका छन्। 

भरतपुर विमानस्थलमा सोमबार पत्रकार सम्मेलनमा सभापति लामिछानेले भारतीय संसद भवनमा राखिएको नेपालको भूभागसहितको नक्साप्रति पार्टीले चासो व्यक्त गरेको बताए। 

असार ७ गते सातै प्रदेशका ७७ वटा जिल्लामा घन्टी बजाउने अभियान रहेको पनि उनले जानकारी दिएका थिए। 

बजेटप्रति पनि असन्तुष्टि जनाएका लामिछानले भने, 'बजेट जुन ढंगले वितरण हुन्छ, त्यसको असर मेरो निर्वाचन क्षेत्रमा पनि परेको छ। श्रमदान गरेर बजेट खोजेर पनि कैयौं आयोजना निर्माण गर्नेछौं। दीर्घकालीन आयोजनाका लागि स्थानीय सरकारको पनि जिम्मेवारी हुने भएकाले स्थानीय सरकारसँग पनि परामर्श गर्नेछौं।'

स्थानीय सरकारको अधिकारको विषयमा संघीय सांसदले बोल्न नहुने पनि उनको भनाइ थियो। आफ्नो निर्वाचन क्षेत्र रामनगरमा खानेपानी समस्या भएर नै श्रमदानबाट पानीको आयोजना निर्माण गरेको उनले बताएका थिए। 

असार ५, २०८० मंगलबार ०७:४०:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।