समाजवादी मोर्चामा आफू नअटाएपछि डा. भट्टराईको शंकाः धेरैलाई केहीबेर ठग्न सकिन्छ भन्ने खालको नहोस्

समाजवादी मोर्चामा आफू नअटाएपछि डा. भट्टराईको शंकाः धेरैलाई केहीबेर ठग्न सकिन्छ भन्ने खालको नहोस्

काठमाडौँः सोमबार घोषणा भएको चारदलीय समाजवादी मोर्चामा आफू नअटाएपछि नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले शंकादृष्टि राखेका छन्। 

सोमबार नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एस र विप्लव नेतृत्वको नेकपा मिलेर चारदलीय मोर्चा घोषणा भएको हो। तर उक्त मोर्चामा पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईको पार्टी भने अटाएन। 

लामो समयदेखि डा. भट्टराई पनि उक्त मोर्चामा सामेल हुने समाचारहरू बाहिरिए पनि अन्तिममा उनीसँग मोर्चामा संलग्न कसैले आबद्ध हुन छलफल नै नगरेका पार्टीले जनाएको थियो। 

जसप्रति लक्षित गर्दै डा. भट्टराईले सामाजिक सञ्जालबाट उक्त अभिव्यक्ति दिएका हुन्। उनले लेखेका छन्-कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थकानिम्ति भित्री र बाहिरी शक्तिहरूसंग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस्! केहीलाई सधैं र धेरैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैं ठग्न सकिन्न भन्ने हेक्का रहोस्!

समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु नभएको उनको भनाइ छ। समाजवाद भनेको उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामूहिक प्रयत्नले निर्माण हुने अतिउन्नत सभ्यताको चरण भएको पनि डा. भट्टराईले तर्क गरेका छन्। 

असार ५, २०८० मंगलबार ०७:३०:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।