विवादित फिल्म 'आदिपुरुष'का संवाद लेखक मुन्तसिरलाई पुलिसले दियो सुरक्षा

विवादित फिल्म 'आदिपुरुष'का संवाद लेखक मुन्तसिरलाई पुलिसले दियो सुरक्षा

विवादित भारतीय फिल्म आदिपुरुषका संवाद लेखक मनोज मुन्तसिरले आफूमाथि आक्रमण हुने आशंका गरेपछि उनलाई मुम्बई प्रहरीले सुरक्षा दिएको छ। 

मुन्तसिरको अनुरोधमा मुम्बई प्रहरीले उनलाई सुरक्षा दिएको हो। मुम्बईको हिन्दू संगठनले एउटा सिनेमा हलमा शो रोकेको थियो। अब उनको साथमा एक जना प्रहरी मनोजसँगै हुनेछन्। मनोजले विवादपछि आफू खतरामा रहेको बताएका थिए। 

​​​​​​विवादका बाबजुद 'आदिपुरुष'ले तीन दिनमा विश्वभर ३ सय ४० करोड रुपैयाँ संकलन गरेको छ।

अर्कोतर्फ लखनउमा भारतीय किसान युनियनले 'आदिपुरुष' फिल्मका निर्देशक ओम राउत र मुन्तसिरको पुत्ला जलाएको छ। सनातन धर्मको मजाक बनाउन यो फिल्म बनाइएको युनियनले आरोप छ। उनीहरूको माग छ, 'फिल्मका संवादहरू परिवर्तन गरेर केही हुँदैन। फिल्म नै प्रतिबन्धित हुनुपर्छ।'

असार ५, २०८० मंगलबार ०७:०५:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।