आजको मौसमः गेग्रानसहित भूक्षय हुने सम्भावना, कोशी र गण्डकीमा भारी वर्षा हुने

आजको मौसमः गेग्रानसहित भूक्षय हुने सम्भावना, कोशी र गण्डकीमा भारी वर्षा हुने

काठमाडौँः आज देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

नेपालमा मनसुन भित्रिसकेको अवस्था छ। आज कोशी  र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको अनुमान छ।

त्यस्तै मेघ गर्जन र चट्याङ्ग, बाढी, पहिरोसँगै गेग्रान बहाव तथा भूक्षय हुन सक्ने महाशाखाले जनाएको छ। जसका कारण नदीको स्तर बढ्न सक्ने र जोखिम हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ। 

 

असार ५, २०८० मंगलबार ०६:५२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।