आयरल्यान्डविरुद्ध ‌ओमानको सहज जित, तीन खेलाडीको अर्धशतक

आयरल्यान्डविरुद्ध ‌ओमानको सहज जित, तीन खेलाडीको अर्धशतक

काठमाडौ : एकदिवसीय विश्वकप छनोट अन्तर्गतको सोमबार भएको समूह ‘बी’ अन्तर्गतको खेलमा आयरल्याण्डविरुद्ध ओमानले पाँच विकेटको सहज जित निकालेको छ।

२८१ रनको लक्ष्य पछ्याएको ओमानले ओभरमा पाँच विकेट गुमाएर लक्ष्य भेट्टाएको हो।

ओमानका लागि कश्यप प्रजापति, आकिब इलियास र कप्तान जीसन मक्सुदले अर्धशतकीय पारी खेले। कश्यपले ७२ रन, आकिबले ५२ र जीसानले ५९ रन बनाए।

यस्तै मोहम्मद नदीम ४६ रनमा अविजित रहँदा आयान खानले २१ र जतिन्दर सिंह १ रनमा आउट भए। अर्का खेलाडी सोहिब खान १९ रनमा अविजित रहे।

आयरल्यान्डका जस लिट्टल र मार्क अदैरले समान दुई–दुई तथा जर्ज डकरेलले एक विकेट लिए।

त्यसअघि बुलाभायो एथ्लेटिक क्लबमा टस हारेर ब्याटिङमा तानिएको आयरल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८१ रन बनाएको थियो।

उसका लागि जर्ज डकरेल र ह्यारी टेक्टरले अर्धशतकीय पारी खेले। ह्यारीले ५२ रन बनाउँदा जर्जले अविजित रहँदै ९१ रन बनाए।

यस्तै, लोरक्यान टकरले २६, पल स्ट्रलिङले २३, एन्डी म्याक्ब्रिनले २०, मार्क अदैरले १५ रन जोडे।

बलिङतर्फ ओमानका बिलाल खान र मोहम्मद नसीले दुई–दुई तथा जिसान मक्सुद, आयान खान र जय ओडेड्राले समान एक–एक विकेट हात पारे।

१० देश सम्मिलित प्रतियोगितबाट दुई टिमले भारतमा हुने विश्वकपमा स्थान बनाउनेछन्।

असार ४, २०८० सोमबार २०:३२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।