प्रचण्डको उद्घोष- समाजवादी मोर्चा प्रतिगमनकारीविरुद्धको युद्ध

प्रचण्डको उद्घोष- समाजवादी मोर्चा प्रतिगमनकारीविरुद्धको युद्ध

काठमाडौं : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा प्रतिगमनकारीहरूविरुद्ध युद्ध भएको बताएका छन्।

माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा कार्यक्रममा अध्यक्ष दाहालले मुलुकलाई फेरि प्रतिगमनतिर फर्काउन खोज्नेहरूविरुद्ध युद्ध भएको बताएका हुन्।

अग्रगमनको पक्षमा रहेकाहरू डराउनुनपर्ने भन्दै उनले अग्रगमन पक्षधर, प्रगतिशील, वामपन्थी शक्तिहरूलाई हातेमालो गर्न आह्वानसमेत गरे।

उनले भने, ‘७० वर्ष संघर्ष गरेर स्थापित भएको जनताको अधिकार खोसेर देशलाई प्रतिगमनतिर फर्काउन चाहनेहरूका लागि चुनौती हो। यो मोर्चा तिनका विरुद्ध युद्धको घोषणा हो।’

अध्यक्ष दाहालले ६ वर्षअघि एमाले र माओवादीबीच एकता गर्नु हतारो भएकोसमेत टिप्पणी गरे।

‘त्यो बेला कहाँ त्रुटि भयो भनेर समीक्षा गर्नुपर्छ, सायद त्यतिबेला पार्टी एकतै गर्ने हतारो पो गरेछौं की?,’ उनले थपे, ‘हामीले त्यतिबेला नै समाजवादी मोर्चा भनेर मोर्चाबाट काम सुरु गरेर विचार राजनीति, संगठन, कार्यशैलीमा एकरुपता कायम गरेपछि एकतामा पुग्ने उद्देश्य राखेको भए हामी सफल हुन्थ्यौं कि?’

असार ४, २०८० सोमबार १९:५८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।