'बाहुन क्षत्री मुर्दावाद' गीत गाएका राजु परियार भन्छन्ः झुक्याएर गाउन लगाए

'बाहुन क्षत्री मुर्दावाद' गीत गाएका राजु परियार भन्छन्ः झुक्याएर गाउन लगाए

काठमाडौं : नयाँ गीत ‘नेपाली हाम्रो जात’ विवादमा आएपछि गायक राजु परियारले गाएको आफूलाई झुक्याएर गीत गाउन लगाएको दाबी गरेका छन्। 

गीतको भिडियोमा 'बाहुन क्षत्रीलाई मुर्दावाद' भन्ने शब्द मिसाएपछि गीत विवादमा आएको हो। अहिले सो गीतको विरोध भइरहेको छ। 

गीतको आलोचना बढेपछि गायक परियारले आफूले जानीजानी नभएर झुक्काएर गाउन लगाइएको आरोप लगाए। उनले आफूले गीत गाउँदा जातियाताको कुनै कुरै नआएको तर त्यसमा अरूले पनि स्वर थपेका कारण यस्तो अवस्था आएको बताए। 

‘यो गीत रेकर्ड हुँदा मैले गाउने गीतको अन्तरा मात्रै दिइएको थियो। पछि क-कसले के गाउनु भयो मलाई जानकारी भएन। भोलिपल्ट अरूले गाउनुभएछ। सो गीतका सर्जक डीआर सुजनसँग सम्पर्क हुन सकेको छैन र यस किसिमका गीत संगीत दिएर मलाई विवादमा ल्याउने काम नगरिदिनु हुन सम्बन्धित सबैमा अनुरोध गर्छु।’ 

उनले गीतको आपत्तिजनक भिडियोलाई सेन्सर गरिदिन आग्रह गरे। उनले सभ्य समाज ,सुन्दर समाजको निर्माणको चाहना गरेको दाबी गरे। 

‘समाज कता जाँदैछ हैन,कता लाँदैछौ भन्ने कुराको सबैमा हेक्का होस्', उनले निर्माण टिमलाई सम्झाउँदै भनेका छन्,‘यसमा मलाई यस किसिमका विवादित बनाउने मनाशय नगरिदिनुहोला।’ 

उनले उकेराकर्मीसँगको कुराकानीमा आफूलाई विवादमा तान्न कोसिस गरेको तर नसकेको बताए। 

‘दर्शक स्रोतामाझ विवादमा ल्याउन टिम नै प्रयोग भएका थिए तर सकेनन्,‘उनले भने, ‘किनभने स्रोता दर्शकले मलाई माया गर्नुहुन्छ। मेरो नियत खराब छैन।’ 

आफूले गीतको विवादित शब्द हटाउन माग गरेको भन्दै उनले अब हट्ने आशा व्यक्त गरे। 

हेर्नुहोस् गीतको भिडियो

 

 

असार ४, २०८० सोमबार १९:०५:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।