बाबुरामबाहेक चार दलको समाजवादी मोर्चा घोषणा

बाबुरामबाहेक चार दलको समाजवादी मोर्चा घोषणा

काठमाडौं : माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका चार दल मिलेर समाजवादी मोर्चा घोषणा गरिएको छ।

१५ बुँदे प्रतिबद्धता व्यक्त गर्दै काठमाडौंको राष्ट्रिय सभा गृहमा चार दलले समाजवादी मोर्चा घोषणा गरेका छन्।

मोर्चामा जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पनि आबद्ध छन्।

यसअघि समाजवादी मोर्चाको वकालत गरिरहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईको दल भने मोर्चामा सहभागी छैन।

मोर्चामा सहभागी दलहरूले आलोपालो मोर्चाको नेतृत्व गर्ने बताइएको छ।

असार ४, २०८० सोमबार १७:१२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।