युएईका बलरमाथि श्रीलंकाको चुटाइ, १० ओभरमा १०८ रन
काठमाडौं : जिम्बावेमा भएको विश्वकप छनोटअन्तर्गतको समूह ‘बी’को खेलमा श्रीलंकाका ब्याट्म्यानले युएईका बलरहरूमाथि व्यापक चुटाइ गरेका छन्।
सुरुमै युएईका बलरमाथि हाबी भएको श्रीलंकाली टोलीले पछिल्लो १० ओभरमा १०८ रन जोडे। ४० ओभरको सुरुवात हुँदा ३ विकेट गुमाएर २४७ रन बनाएको टोलीले पारी सकिँदा ६ विकेट गुमाएर ३५५ रन बनायो।
अन्तिम १० ओभरमा ३ विकेट गुमाएर टोलीले १०८ रन बटुल्न सफल भयो। ४१औं ओभरमा ९ र ४२औं ओभरमा ७ रन जोडेको श्रीलंकाले ४३औं ओभरमा १४ रन बटुल्यो।
४४औं, ४५औं र ४६औं ओभरमा क्रमशः ७, ७ र ४ रन जोड्दै दुई विकेट गुमाएको श्रीलंकाले ४७औं, ४८औं, ४९औं र ५०औं ओभरमा क्रमशः ११, १६, १७ र १६ रन बनाउँदै थप एक विकेट गुमायो।
उसका लागि चरिथ असलंकाले २३ बलमा ४८ रन र वानिन्दु हसरंगाले १२ बलमा २३ रन जोडे।
८ ओभर बलिङ गरेका युएईका जहुर खानले एक विकेट नलिइ ७२ रन दिए। समान सात ओभर बलिङ गरेका रोहन मुस्तफा र मोहम्मद जवादुल्लाहले समान ५५ रन दिए।
असार ४, २०८० सोमबार १७:०१:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।