श्रीलंकाले युएईलाई दियो ३५६ रनको लक्ष्य, ओमानले आयरल्यान्डलाई २८१ रनमै समेट्यो

श्रीलंकाले युएईलाई दियो ३५६ रनको लक्ष्य, ओमानले आयरल्यान्डलाई २८१ रनमै समेट्यो
तस्बिर- क्रिकइन्फो

काठमाडौं : जिम्बावेमा जारी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सोमबारको भएको समूह ‘ए’को खेलमा श्रीलंकाले युएईलाई ३५६ रनको लक्ष्य दिएको छ।

बुलाभायोस्थित क्विन्स स्पोर्टस्मा भएको टस हारेर पहिला ब्याटिङमा तानिएको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३५५ रन बनायो।

उसका लागि चार खेलाडीले अर्धशतकीय पारी खेले। कुशल मेन्डिसले ७८, सदीरा सामराविक्रमले ७३, पाथम निस्सान्काले ५७ र दिमुथ कुरुणरत्नेले ५२ रन बनाए।

यस्तै चरिथ असलन्का र वानिडू हसरङ्गाले क्रमशः २३ बलमा ४८ रन र १२ बलमा २३ रन बनाए। 

युएईका अली नासीरले दुई तथा रोहन मुस्तफा, बसील अहमद, आयान अफ्जल खान र बसील हमीदले समान एक–एक विकेट लिए।

सोही समूहको अर्को खेलमा आयरल्यान्डले ओमानलाई रनको २८२ लक्ष्य दिएको छ।

बुलाभायो एथ्लेटिक क्लबमा टस हारेर ब्याटिङमा तानिएको आयरल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८१ रन बनायो। उसका लागि जर्ज डकरेल र ह्यारी टेक्टरले अर्धशतकीय पारी खेले। ह्यारीले ५२ रन बनाउँदा जर्जले अविजित रहँदै ९१ रन बनाए।

यस्तै, लोरक्यान टकरले २६, पल स्ट्रलिङले २३, एन्डी म्याक्ब्रिनले २०, मार्क अदैरले १५ रन जोडे।

बलिङतर्फ ओमानका बिलाल खान र मोहम्मद नसीले दुई–दुई तथा जिसान मक्सुद, आयान खान र जय ओडेड्राले समान एक–एक विकेट हात पारे।

समूह ए अन्तर्गत आइतबार भएको दुई खेलमा आयोजक जिम्बावेले नेपाललाई ८ विकेटले र वेस्डइन्डिजले अमेरिकालाई ३९ रनले हराएको थियो।

१० देश सम्मिलित प्रतियोगितबाट दुई टिमले भारतमा हुने विश्वकपमा स्थान बनाउनेछन्।

असार ४, २०८० सोमबार १६:३५:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।