जिल्ला अदालत भित्रै धर्ना दिन गएका उपप्राध्यापक चलाउने पक्राउ

जिल्ला अदालत भित्रै धर्ना दिन गएका उपप्राध्यापक चलाउने पक्राउ

काठमाडौं : काठमाडौं जिल्ला अदालत भित्र नै धर्ना दिन पुगेका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने पक्राउ परेका छन्।

आफूमाथि ज्यान मार्ने उद्योग आरोपमा मुद्दा खेपिरहेका नेपाल विद्यार्थी संघका कार्यकर्ता विरुद्धको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरे पछि उनी जिल्ला अदालत भित्र नै आन्दोलन गर्न पुगेका थिए।

यसपछि प्रहरीले चलाउनेसहित उनका साथमा रहेका अन्य केहीलाई पनि पक्राउ गरेको हो।

असार ४, २०८० सोमबार १२:५९:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।