सेनाको हेलिकोप्टर चढेर प्रचण्ड बाढी प्रभावित क्षेत्रको निरीक्षणमा

सेनाको हेलिकोप्टर चढेर प्रचण्ड बाढी प्रभावित क्षेत्रको निरीक्षणमा

काठमाडौं : बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको उच्चस्तरीय टोली पूर्वी नेपाल प्रस्थान गरेको छ। 

प्रधानमन्त्री प्रचण्ड, नेपाली सेनाको हेलिकोप्टरमार्फत पूर्वी पहाडी जिल्लाको बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणमा निस्किएको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

मल्लका अनुसार प्रचण्डको साथमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र सहरी विकासमन्त्री सीता गुरुङ समेत रहेका छन्।

प्रभावित क्षेत्रका जनप्रतिनिधि योगेश भट्टराई, वसन्त नेम्वाङ, दीपक खड्का र कोशी प्रदेशसभा सदस्य राजेन्द्र कार्की पनि निरीक्षणमा सहभागी रहेका छन्।

त्यसैगरि नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, गृह मन्त्रालयका विपद् हेर्ने प्राविधिक इञ्जिनियर र प्रधानमन्त्री कार्यालयका विपद् हेर्ने अधिकृत पनि साथमा छन्।

असार ४, २०८० सोमबार १२:४१:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।