बालबालिका पागल भए, पब्जी बन्द गरियोस् : सांसद चौधरी

बालबालिका पागल भए, पब्जी बन्द गरियोस् : सांसद चौधरी

काठमाडौं : लोसपा सांसद रामप्रकाश चौधरीले सरकारसँग नेपालमा पब्जी खेलमा प्रतिबन्ध लगाउन  माग गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पब्जी खेलका कारण बालबालिकाहरु पागल जस्तो भएको बताए।

‘पब्जी गेम तुरुन्तै बन्द गरियोस्। आज हाम्रा बालबालिका ठोकठोक, मारमार भन्दाभन्दै पागल जस्तो भएका छन्। त्यसैले यो पब्जी गेम तुरुन्त बन्द गरियोस्,’ उनले भने।

असार ४, २०८० सोमबार १२:२९:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।