एमाले अध्यक्ष ओली र रेशम चौधरीबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र रेशम चौधरीबीच भेटवार्ता

काठमाडौँः एमाले अध्यक्ष केपी ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ। 

ओली निवास बालकोटमा सोमबार बिहान दुई नेताबीच भेट भएको ओलीको सचिवालयले जनाएको छ। 

भेटघाटमा दुई नेताबीच समसामयिक विषयमा छलफल भएको थियो। 

आजीवन जेल सजाय सुनाइएका चौधरी राष्ट्रपतिपतिबाट आममाफी पाएसँगै राजनीतिक भेटघाटमा सक्रिय छन्। यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र बाबुराम भट्टराईसँग पनि भेटघाट गरेका थिए।

असार ४, २०८० सोमबार १०:४५:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।