आज चारदलीय समाजवादी मोर्चा घोषणा हुँदै

आज चारदलीय समाजवादी मोर्चा घोषणा हुँदै

काठमाडौँः  नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित समाजवादी मोर्चा आज घोषणा हुने भएको छ। 

दिउँसो ३ बजे प्रज्ञा भवन कमलादीमा हुने घोषणामा आफ्ना नेता तथा कार्यकर्तालाई चारै दलले सहभागी हुन आह्वान गरेका छन्।

आइतबार बसेको चार दलको बैठकले समाजवादी मोर्चाको साझा मुद्दा, लक्ष्य, उद्देश्य र प्राथमिकतासहित प्रतिबद्धता तय गरेको नेकपा नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले बताए।  

आलोपालो मोर्चाको नेतृत्व गर्ने  र निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यताअनुरुप हुने सहमति गरिएको बताइएको छ। 

यसैगरी, मोर्चामा सहभागी हुने सदस्य दलका अध्यक्षसहित एउटा संयोजन समिति हुने र त्यसले आवश्यकताअनुसार उपसमितिहरू बनाएर अन्य दलहरुलाई पनि सहभागी गराउने निर्णय भएको जनाइएको छ।

असार ४, २०८० सोमबार ०८:३६:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।