क्रोएसियालाई हराउँदै स्पेनले जित्यो यूईएफए नेसन्स लिगको उपाधि
स्पेनले यूईएफए नेसन्स लिगको उपाधि जितेको छ।
नेदरल्याण्डको डि क्विप मैदानमा स्पेनले क्रोएसियालाई ट्राइब्रेकरमा ५-४ गोलअन्तरले हराएको हो।
निर्धारित र अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो।
स्पेन अघिल्लो संस्करणको उपविजेता पनि हो। स्पेनको जितमा गोलकिपर युनाइ सिमोन नायक बने।
टाइब्रेकरमा स्पेनका जोसेलु, रोड्री, मिकेल मेरिनो र मार्को एसेन्सियोले गोल गरे। एमेरिक लापोर्टालेको प्रहार क्रसबारमा लाग्दै बाहिरिएको थियो।
क्रोएसियाका निकोला भ्लासिक, मार्सेलो ब्रोजोभिच, लुका मोड्रिच र इभान पेरिसिचले गोल गर्न सफल हुँदा लोभ्रो माजेरको प्रहारलाई गोलरक्षक युनाई सिमोनले बचाए ।
त्यसपछि सडन डेथमा क्रोएसियाका ब्रुनो पेटकोभिचको प्रहार स्पेनका गोलरक्षक युनाई सिमोनले बचाउँदा स्पेनका ड्यानिल कार्भाजलले गोल गदै टोलीलाई च्याम्पियन बनाए।
असार ४, २०८० सोमबार ०८:०८:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।