दुगड समूहका अध्यक्ष मोतीलाल अमेरिकामा  सम्मानित

दुगड समूहका अध्यक्ष मोतीलाल अमेरिकामा  सम्मानित

काठमाडौँ : एमभी दुगड़ ग्रुपका अध्यक्ष मोतीलाल दुगड़ अमेरिकाको मेरिल्यान्ड राज्यसभाद्वारा सम्मानित भएका छन्।

लामो समयदेखि नेपालको आर्थिक समृद्धि तथा रोजगारी सृजनामा पूर्याएको योगदानको लागि उनी सम्मानित भएको जनाइएको छ।

मोतीलाल दुगड़ एमभी दुगड़ ग्रुपको कार्यकारी अध्यक्ष हुन्। नेपालको बैंकिङ्ग, लाइफ इन्सुरेन्स, जनरल इन्सुरेन्स, जलविद्युत, कमर्सियल गाडी, कृषि सम्बन्धी उपकरण, निर्माण उपकरण लगायत आयात तथा बेचबिखनमा यो समूह संलग्न छ।

दुगड समूह नेपालको परिचित व्यावसायिक समूह हो। मोतीलाल दुगड विभिन्न सामाजिक तथा परोपकारी कार्यहरूमा समेत संलग्न छन्। 

असार ३, २०८० आइतबार २१:२४:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।