जिम्बाबेसँग नेपाल पराजित, १० ओभर खेलेका सन्दीपले एक विकेट पनि नलिई सबैभन्दा बढी रन दिए

जिम्बाबेसँग नेपाल पराजित, १० ओभर खेलेका सन्दीपले एक विकेट पनि नलिई सबैभन्दा बढी रन दिए

काठमाडौँः आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत खेलमा घरेलु टोली जिम्बाबेसँग नेपाल ८ विकेटले पराजित भएको छ। 

जिम्बाबेले ३५ बल बाँकी छँदै लक्ष्य भेट्टायो। पूरा ओभर टिकेर नेपालले २९१ रनको लक्ष्य दिएको थियो। 

नेपालका लागि सोमपाल कामी र गुल्सन झाले एक-एक विकेट लिए। 

जिम्बाबेका ओपनर जोलोर्ड गुम्बीलाई सोमपाले एलबीडब्ल्यू धरापमा पारे भने गुलसको बलमा वेस्ली माधविर दीपेन्द्र सिंह ऐरीबाट क्याच आउट भए। 

यी दुई बलरबाहेक नेपालका अन्यले विकेट लिन सकेनन्। आशा गरिएका सन्दीप लामिछानले आज १० ओभर खेले। जसमा उनले एउटा पनि मेडन राख्न सकेनन्। न त एक विकेट नै लिए। 

सन्दीप महँगा सावित भए। ६० बल फ्याँकेका उनले ७७ रन दिए। यो जारी खेलमा बलरमध्येको सर्वाधिक रन हो।

आज जिम्बाबेका रइक इर्भानीले शतकीय पारी खेले। ११५ रन बनाएका उनी नटआउट रहे। यस क्रममा उनले १२८ बलको सामना गरे। त्यस्तै सिन विलियम्सले पनि शतक बनाए। नटआउट रहेका उनले ७० बलमा १०२ रन बनाए। 

नेपालका लागि कुशल भुर्तेलले ९९ रन बनाएका थिए भने आशिफ शेखले ६६ रनको योगदान दिएका थिए। 

असार ३, २०८० आइतबार २०:००:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।