जिम्बाबेविरुद्ध नेपालले पेनाल्टीमार्फत पायो ५ रन

जिम्बाबेविरुद्ध नेपालले पेनाल्टीमार्फत पायो ५ रन

आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत जिम्मेबाबेविरुद्ध खेलिरहेको नेपालले ५ रन पेलान्टीमार्फत पाएको छ। 

टस हारेर ब्याटिङ गरिरहेको नेपालले ४२ औं ओभरको चौथो बलमा पाँच रन पेनाल्टीबाट प्राप्त गरेको हो। जिम्बावेका विकेटकिपरले गल्ती गरेपछि नेपालले ५ रन पाएको हो। 

जिम्बावेका विकेटकिपर क्लाइभ मडान्डेले बल समाउने क्रममा ग्लभ्स निकालेका थिए। ग्ल्भ्स फुकाल्ने बेला बलले लागेपछि नेपालले ५ रन पेनाल्टी पाएको हो।

नेपालले अन्तिम ओभर बाँकी रहँदा ७ विकेट गुमाएर २८७ रन बनाएको छ। करन केसी र दीपेन्द्रसिंह ऐरी क्रिजमा छन्। 

असार ३, २०८० आइतबार १६:१४:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।