जिम्बाबेविरुद्ध नेपाल : कुशल शतक बनाउन १ रनले चुके, आशिफ ६६ रनमा आउट

जिम्बाबेविरुद्ध नेपाल : कुशल शतक बनाउन १ रनले चुके, आशिफ ६६ रनमा आउट

काठमाडौँः जिम्बावेविरुद्ध एकदिवसीय विश्वकप छनोटको आफ्नो पहिलो खेलमा शानदार सुरुवात गरेको नेपालको २ विकेट गुमेको छ। 

नेपालका ओपनर कुशल भुर्तेल शतक बनाउन १ रनले चुके भने आशिफ शेख पनि ६६ रनमा आउट भए।  

घरेलु टोलीविरुद्ध भुर्तेलले आसिफ शेखसँग मिलेर शानदार ओपनिङ गरेका थिए। उनी ९५ बलमा ९९ रन बनाएर आउट भए। यस क्रममा उनले १३ चौका र २ वटा छक्का प्रहार गरे। 

यस्तै आशिफले पनि १०० बलमा ६६ रनको योगदान दिए। यस क्रममा उनले ७ चौका प्रहार गरे। 

हरारे स्पोर्ट्स क्लबमा नेपाल टस हारेर पहिले ब्याटिङ उत्रिएको हो।  गरेको नेपालले यो समाचार तयार पार्दासम्म १८४ रन बनाएको छ भने ३५ ओभर सकिएको छ।  

नेपालबाट ओडीआई फर्म्याटमा कुनै पनि विकेटका लागि भएको उच्च साझेदारी हो। यसअघि ओडीआईमा उच्च साझेदारी गत फेब्रुअरीमा नामिबियाविरुद्ध दोस्रो विकेटका ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १ सय ३९ रनको बनाएका थिए। आरिफ र कुशलले उक्त साझेदारी तोडेका हुन्। 

असार ३, २०८० आइतबार १५:००:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।