जिम्बावेविरुद्ध कुशलको अर्धशतक, उत्कृष्ट खेल देखाउँदै नेपाल
काठमाडौँः जिम्बावेविरुद्ध एकदिवसीय विश्वकप छनोटको आफ्नो पहिलो खेलमा नेपालले राम्रो सुरुवात गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरको खेल सकिँदा कुनै पनि विकेट नगुमाई ८६ रन बनाएको छ। नेपालका कुशल भुर्तेलले अर्धशतक बनाएका छन्।
६३ बलमा भुर्तेलले ८ चौका र १ छक्काको मद्दतमा ५० रन पूरा गरेका हुन्।
भुर्तेललाई आशिफ शेखले साथ दिइरहेका छन्। उनले पनि यो समाचार तयार पार्दासम्म ३१ रनको आँकडा पार गरिसकेका छन्।
पछिल्लो समय एकदिवसीय खेलमा राम्रो लयमा रहेको नेपाल आज पहिलो पटक जिम्बावेलाई हराउँदै इतिहास रच्ने दाउमा छ।
कुनै पनि टेस्ट राष्ट्रविरुद्धको एकदिवसीय खेलमा नेपालका खेलाडीले अर्धशतक बनाएको यो पहिलो पटक हो।
एकदिवसीय वरीयतामा जिम्बावे ११ औं स्थानमा छ भने नेपाल चार स्थान तल १५ औं स्थानमा छ।
असार ३, २०८० आइतबार १४:१४:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।