जिम्बावेविरुद्ध नेपालले टस हार्यो, पहिले ब्याटिङ गर्दै

जिम्बावेविरुद्ध नेपालले टस हार्यो, पहिले ब्याटिङ गर्दै

काठमाडौं : नेपालले एकदिवसीय विश्वकप छनोटको आफ्नो पहिलो खेलमा जिम्बावेसँग टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ।

घरेलु टिम जिम्बावेका कप्तानले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरे। 

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टिमलाई पहिलो खेल त्यति सहज नहुने पक्का छ। टेस्ट राष्ट्र जिम्बावे घरेलु मैदानको फाइदा उठाउँदै विजयी सुरुवात गर्ने तयारीमा छ।

नेपालले टेस्ट राष्ट्रसँग एकदिवसीय खेल खेल्न लागेको यो नै पहिलो पटक हो। तर पनि पछिल्लो समय एकदिवसीय खेलमा राम्रो लयमा रहेको नेपाल आज पहिलो पटक जिम्बावेलाई हराउँदै इतिहास रच्ने दाउमा छ।

एकदिवसीय वरियतामा जिम्बावे ११ औं स्थानमा छ भने नेपाल चार स्थान तल १५ औं स्थानमा छ।

इतिहास हेर्दा नेपालले हालसम्म जिम्बावेलाई कुनै पनि फर्म्याटको क्रिकेटमा हराउन सकेको छैन। यसअघि जिम्बावेसँग खेलेका दुई टी-२० र एक लिष्ट ए (५० ओभर) को खेलमा नेपाल पराजित भएको थियो। 

नेपालले सन् २०१८ को विश्वकप छनोटमा जिम्बावेसँग ५० ओभरको खेल खेलेको थियो। त्यस खेलमा नेपालले एकदिवसीय मान्यता पाएको थिएन। उक्त खेलमा नेपाल ११६ रनले पराजित भएको थियो।

असार ३, २०८० आइतबार १२:३३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।