कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं : आज आइतबार कोशी प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, कोशी प्रदेशका तराई भू-भागका साथै देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी प्रदेशमा सामान्य बदली रहनुका साथै सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

राति पनि कोशी प्रदेशका केही स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको एक/दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको छ।

असार ३, २०८० आइतबार ०७:३४:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।