पार्टीको विचार छैन भन्नेलाई रविको जवाफ- भ्रष्टाचारीलाई एकैपटक जेल कोच्ने विचार छ

पार्टीको विचार छैन भन्नेलाई रविको जवाफ- भ्रष्टाचारीलाई एकैपटक जेल कोच्ने विचार छ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सबै भ्रष्टाचारीहरूलाई एकैपटक जेलमा कोच्नु नै आफ्नो पार्टीको विचार भएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले आफ्नो पार्टीको विचार भनेकै संसारकै धनी देश बन्ने देशलाई गरिब देश बनाउनेहरूलाई छानीछानी कानूनी दायरामा ल्याउनु रहेको बताएका छन्।

‘हाम्रो पार्टीको विचार छैन भन्छन्, विचारका बारेमा कुरा पछि गरौंला। यो देशका भएभरका भ्रष्टलाई एकैपटक जेल कोच्ने विचार छ। यो देशलाई स्रोत र साधनको सम्पन्न संसारकै धनी देश बन्ने देशलाई गरिब देश बनाउनेहरूलाई चुनी चुनी कानूनी दायरामा ल्याउने विचार छ,’ उनले भने। 

लामिछानेले आफ्नो पार्टीमा संलग्न भ्रष्टाचारीहरूलाई पार्टीबाट निस्कासित गरी उनीहरूले जितेका निर्वाचन क्षेत्रमा निर्वाचन गर्ने व्यवस्था गर्न चुनौती दिए।

उनले पार्टीलाई दुई तिहाइमा लैजानुपर्ने भएकाले अब खुद्रा कुरामा आफू नबोल्ने स्पष्ट पारे। अब आफूसँग साना कुरामा बोल्ने समय नभएको भनदै उनले सधैँ ठूला कुरामा मात्रै बोल्ने बताए।

असार २, २०८० शनिबार २१:०२:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।