बाबुराम भट्टराई र रेशम चौधरीबीच भेटवार्ता, खादा लगाएर स्वागत

बाबुराम भट्टराई र रेशम चौधरीबीच भेटवार्ता, खादा लगाएर स्वागत

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ।

शनिबार भट्टराई निवास पुगेका चौधरीलाई भट्टराईले खादा लगाएर स्वागत गर्दै भेटवार्ता गरेका थिए। भट्टराईले सामाजिक सञ्जालमा तस्बिर राख्दै खुला आकाशमुनि हार्दिक स्वागत भन्दै स्टाटस लेखेका छन्।

टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेलजीवन बिताएका चौधरी हालैमात्र जेलमुक्त भएका हुन्।

टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय सुनाइएका रेशमलाई गत १५ जेठमा गणतन्त्र दिवशको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी सजाय मिनाह गरेका थिए।

असार २, २०८० शनिबार १८:५६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।