आगामी निर्वाचनमा रास्वपा सबैभन्दा ठूलो पार्टी बन्छ : सभापति लामिछाने

आगामी निर्वाचनमा रास्वपा सबैभन्दा ठूलो पार्टी बन्छ : सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी पार्टी सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरेका छन्।

रास्वपाको बागमती प्रदेश समितिद्वारा आयोजित टोखा नगरपालिका–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नजिक वृक्षरोपण कार्यक्रममा सभापति लामिछानेले आगामी निर्वाचनमा पार्टी सबैभन्दा ठूलो बन्ने दाबी गरेका हुन्।

उनले आगामी निर्वाचनलाई लक्षित गरेर संगठन विस्तारमा जुट्नसमेत आह्वान गर्र्दै निर्वाचनमा वडादेखि केन्द्रसम्म उपयुक्त उम्मेदवार बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे।

‘आगामी निर्वाचनमा रास्वपा सबैभन्दा ठूलो पार्टी बन्नेछ’, उनले भने, ‘वडादेखि केन्द्रसम्म उपयुक्त व्यक्तिलाई उम्मेदवारका रूपमा तयार गर्ने योजना छ।’

सभापति लामिछानेले गलत नियत बोकेर पार्टीभित्र प्रवेश गर्न खोज्नेलाई रोक्नका लागि वडादेखि केन्द्रसम्म विधि र विधान बनाइने उल्लेख गरे।

असार २, २०८० शनिबार १७:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।