असार ७ गते ७७ पटक घण्टी बजाउन रविको आग्रह

असार ७ गते ७७ पटक घण्टी बजाउन रविको आग्रह

काठमाडौं : पार्टी स्थापनाको पहिलो वर्षमा राष्ट्रिय स्वतन्त्र पार्टीले असार ७ गते घण्टी बजाउन आग्रह गरेका छन्।

पार्टी सभापति रवि लामिछानेले असार ७ गते साँझ ७ बजे सातै प्रदेश र ७७ जिल्लामा एकसाथ ७७ पटक ‌घर, मन्दिर, आफू काम गर्ने कार्यालयमा घण्टी बजाउन आग्रह गरेका हुन्।

साथै उनले घण्टी बजाएको भिडियो सामाजिक सञ्जालमा ह्यासट्याग ‘बज्यो घण्टी’ राखेर पोस्ट गर्न समेत आग्रह गरेका छन्।

‘ह्यासट्याग बज्यो घण्टी, ह्यासट्याग अब दुईतिहाइ राखेर पोस्ट गर्नुहुन म हार्दिक अनुरोध गर्दछु’, उनले सामाजिक सञ्जालमा भिडियो राख्दै भनेका छन्।

गत वर्ष ७ असारमा गठन भएको रास्वपाले छोटो समयमा नै ठूलो फड्को मारेकोको हो। अहिले संदनमा रास्वपा चौथो ठूलो दल हो। उसका २१ सांसद् छन्।

असार २, २०८० शनिबार १६:५९:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।