हँसियाले हानेर नौ वर्षीय बालकको हत्या

हँसियाले हानेर नौ वर्षीय बालकको हत्या

स्याङ्जा : जिल्लाको अर्जुनचौपारी गाउँपालिका–६ सिंउडिबारीमा नौ वर्षीय बालक हर्षित देवकोटाको हसियाँले हानेर हत्या गरिएको छ।

हत्या अभियोगमा प्रहरीले सोही ठाउँका २१ वर्षीय सुजन चुवाई (सुवेदी) लाई शुक्रबार दिउँसो पक्राउ गरेको छ।

हँसिया प्रहार गरी हत्या गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले फरार रहेका सुजनलाई पुतलीबजार नगरपालिका–१ बाट पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

असार २, २०८० शनिबार १६:४३:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।