‘आदिपुरुष’को पहिलो दिनको कमाइले नै बनायो कीर्तिमान

‘आदिपुरुष’को पहिलो दिनको कमाइले नै बनायो कीर्तिमान

एजेन्सी : दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को पहिलो दिनको कमाइले रेकर्ड बनाएको छ।

फिल्मले पहिलो दिन विश्वभरबाट १४० करोड भारु कमाएको निर्माण कम्पनी टी–सिरिजले जानकारी दिएको भारतीय सञ्चारमाध्यममले उल्लेख गरेका छन्।

हिन्दी भाषामा बनेको फिल्ममध्ये देशमा पहिलो दिनमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको समाचारमा उल्लेख छ।

हिन्दी, तेलुगु, तमिल, कन्नड र मलायालम भाषामा ६ हजारभन्दा बढी स्क्रिनमा रिलिज भइरहेको छ।

फिल्ममा प्रभासले राघव अर्थात रामको भूमिका निभाउँदा कृति सेननले जानकी र सैफ अली खानले लंकेशको भूमिका निभाएका छन्।

हिन्दी फिल्म ‘आदिपुरुष’ का कैयौं संवादलाई लिएर सामाजिक सञ्जालमा विवाद चर्किएको छ। नेपालमा समेत फिल्मको संवादलाई लिएर विवाद भएको थियो।

फिल्ममा सीतालाई ‘भारतकी छोरी’ भनिएको छ। काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)ले यो संवादलाई लिएर आपत्ति जनाउँदै फिल्मबाट यो संवाद हटाउन तीन दिनको अल्टिमेटम दिएका थिए।

फिल्म पाँच सय करोड भारुको लगानीमा बनेको हो।

असार २, २०८० शनिबार १६:१२:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।