अफगानिस्तानविरुद्ध बंगलादेशको ५४६ रनको कीर्तिमानी जित
काठमाडौं : बंगलादेशको मिरपुरमा भएको एक मात्र टेस्टको चौथो दिन अफगानिस्तानविरुद्ध घरेलु टोलीले ५४६ रनको कीर्तिमानी जित निकालेको छ।
५४६ रनको जित टेस्ट राष्ट्रका लागि रनको अन्तरले तेस्रो ठूलो र एसियाली देशको लागि सबैभन्दा ठूलो जित हो। पछिल्लो १० वर्षयता यति ठूलो अन्तरको जित भएको यो पहिलो टेस्ट हो।
टेस्टको पहिलो दिन अफगानिस्तानका कप्तान हसमतुल्लाह शाहिदीले टस जितेर घरेलु टोलीलाई ब्याटिङको निम्तो दिए।
नजमुल हुसेन शान्तो १४६ रनको शतकीय पारीले बंगलादेशले पहिलो इनिङ्समा ३८२ रन बनायो।
जवाफमा अफगानिस्तानले जम्मा १४६ रनमा समेटियो। बंगलादेशका फास्ट बलर इबाडोट हुसेनले चार शोरिफुल इस्लामले दुई विकेट लिए।
दोस्रो इनिङ्समा बंगलादेशको आक्रामक ब्याटिङ गर्यो। २ सय ३६ रनको अग्रता बनाएको टीममा शान्तोले १२४, मोमिनुल हकले १२१ रन बनाउँदै अविजित रहे।
यस्तै, जाकिर हसनले ७१ र लिट्टन दासले ६६ रन बनाउँदै अविजित रहेर अफगास्नितानका लागि मैदान छाडिदियो। योसँगै अफगानिस्तानले ६६२ रनको विशाल लक्ष्य पायो।
ब्याटिङको दोस्रो प्रयासमा अफगानिस्तान झन् खराब फर्मममा देखियो। उ मात्र ११५ रनमा अलआउट भयो। बंगलादेशका फास्ट बलरहरू तस्किन अहमदले चार र इस्लामले ३ विकेट लिए।
यसअघि १९२८ मा भएको अस्ट्रेलियाविरुद्धको टेस्ट इंग्ल्याण्डले ६७५ रनले जितेको थियो भने १९३४ मा इंग्ल्याण्डविरुद्ध अस्ट्रेलियाले ५६२ रनले खेल जितेको थियो।
असार २, २०८० शनिबार १५:३९:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।