७० वर्षे उमेर हदबारे ओली भन्छन्- कहिँ नभएको जात्रा एमाले गर्नुपर्ने के जरुरी छ?

७० वर्षे उमेर हदबारे ओली भन्छन्- कहिँ नभएको जात्रा एमाले गर्नुपर्ने के जरुरी छ?

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले उपयोगी नभएको कारण पार्टीमा ७० वर्षे उमेर हद हटाइएको बताएका छन्।

ललितपुरमा भएको अखिल नेपाल महिला संघ बागमती प्रदेश सम्मेलनमा अध्यक्ष ओलीले उपयोगी नभएका कारण ७० वर्षे उमेर हद छाड्नुपरेको बताएका हुन्।

‘साइप्रसको कम्युनिष्ट पार्टीमा ६५ वर्ष, चिनियाँ कम्युनिष्ट पार्टीमा ७० वर्ष थियो,’ उनले भने, ‘ती दुवै देशले छाडे, हामीले पनि छाड्नैपर्यो किनभने त्यो उपयोगी भएन।’

राजनीतिक कुरा नगरेर ७० वर्षको उमेरहदमा नअल्झिन उनले कार्यकर्तालाई निर्देशन दिए। उनले दुनियाँमा कहिँ नभएको जात्रा एमाले गर्नुपर्ने के जरुरी छ भन्दै प्रश्न गरे।

‘दुनियाँमा कहिँ नभएको जात्रा एमालेमा गनुपर्छ भन्ने के जरुरी छ? त्यसकारण हामीले त्यो जात्रा छोडिदियौं,’ उनले थपे, ‘महाधिवेशनमा यस्ता अनावश्यक कुरा ल्याएर अलमलिनु हुँदैन, काम गर्न नसक्ने छ भने ६० वर्षमा पनि के काम, काम गर्नसक्नेलाई प्रतिबन्ध लगाउनपर्ने जरुरी छैन।’

ओलीले अहिले १५ वर्षका बालबालिका आगमी निर्वाचनमा मतदाता बन्ने भएकाले उनीहरूलाई अलमलमा पर्न नदिएर मुक्त बनाएर लैजानुपर्नेमा जोड दिए। एमालेले सही नीति र सहि बाटो समातेको भन्दै जित्छौं भन्ने आत्मविश्वासका साथ जनतामा जान आग्रह गरे।

असार २, २०८० शनिबार १५:२०:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।