सामाजिक सञ्जालमा मलाई सुनै सुनको बनाइदिए : अध्यक्ष ओली

सामाजिक सञ्जालमा मलाई सुनै सुनको बनाइदिए : अध्यक्ष ओली

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आफूलाई सुनैसुनको बनाइदिएको टिप्पणी गरेका छन्।

शनिबार पार्टीं कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले संसद बैठकमा माओवादी सांसदले पशुपतिको सुनको जलहरीलाई पित्तल भनेपछि कार्यकर्ताले सामाजिक सञ्जालमा आफूलाई सुनै सुनको बनाइदिएको बताएका हुन्।

उनले यो कुनै राजनीति नभई जनता भड्काउने काम मात्र भएको टिप्पणी गर्दै एमालेमा लागेका सबैको उद्देश्य सुखी नेपाल र मुमृद्ध नेपाल रहेको बताए।

साथै ओलीले दुई वर्षअघि एमालेले सरकार छाडेपछि अर्थतन्त्र निरन्तर ओरालो लागेको बताए। उनले जनता र कार्यकर्तालाई भ्रमबाट मुक्त पार्ने एमाले लाग्नुपर्ने धारणा राखे। उनले गलत बाटो र नीतिले सहि परिणाम नल्याउने बताए।

माओवादी सांसद् लेखनाथ न्यौपालेले ओलीले पशुपतिको सुनको ठाउँमा पित्तल राखेको भनेर आरोप लगाएपछि सामाजिक सञ्जालमा उनको सुनैसुन लगाएको सम्पादित तस्बिर भाइरल बनेको थियो।

असार २, २०८० शनिबार १४:३६:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।