हङकङसँगको खेल रद्द, नेपाल समूह चरणबाटै बाहिरियो
काठमाडौं : महिला इमर्जिङ टिम्स एसिया कपको हङकङ र नेपालबीचको खेल वर्षाको कारण रद्द भएको छ।
खेल नभएपछि हङकङसँग १-१ अंक बाँडेको नेपालको सेमिफाइनल पुग्ने सम्भावना पनि समाप्त भएको छ।
नेपालको सम्भावना समाप्त भएपछि नेपाल रहेको समूह ‘ए’ बाट भारत र पाकिस्तानले अन्तिम खेल अगावै सेमिफाइनलमा स्थान पक्का गरेका छन्।
भारत र पाकिस्तान समान दुई खेलमा ३–३ अंकसँगै सेमिफाइनलमा पुगे। ३ खेलबाट २ अंकका साथ तेस्रो स्थानमा रहेको नेपाल भने तेस्रो स्थानमा रहँदै बाहिरिएको छ।
नेपाल पहिलो खेलमा पाकिस्तानसँग ९ रनले पराजित भएको थियो भने भारतसँगको खेल पनि वर्षाकै कारण रद्द भएको थियो।
असार २, २०८० शनिबार १०:५५:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।