राष्ट्रपति पौडेलको मुटुमा फेरि समस्या देखियो, अस्पताल भर्ना

राष्ट्रपति पौडेलको मुटुमा फेरि समस्या देखियो, अस्पताल भर्ना

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा फेरि समस्या देखिएको छ। पौडेलको मुटुमा समस्या देखिएपछि उनलाई शनिबार (आज) पुन: अस्पताल भर्ना गरिएको छ।

राष्ट्रपतिका स्वकीय सचिव चिरञ्जीवी अधिकारीका अनुसार हाल उनको मनमोहन कार्डियो थोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ। राष्ट्रपतिको स्वास्थ्य अवस्था हाल सामान्य रहेको उनले बताए।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बिहान २ बजे नै त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको थियो। यसपछि थप उपचारका लागि बिहान मनमोहन कार्डियो थोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा सारिएको छ।

वैशाखमा नयाँ दिल्लीमा उपचार गराएर फर्किएका राष्ट्रपति पौडेल गत मंगलबार मुटुमा समस्या देखिएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार गराएका थिए।

असार २, २०८० शनिबार ०९:३२:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।