ललितपुरको इमाडोलमा सडकमै पल्टियो बस, १९ जना घाइते

ललितपुरको इमाडोलमा सडकमै पल्टियो बस, १९ जना घाइते
तस्बिर : मनोज लामा

काठमाडौं : ललितपुरको इमाडोलमा बस दुर्घटना हुँदा चालकसहित १९ जना घाइते भएका छन्। 

प्रहरी प्रभाग इमाडोलका अनुसार आज (शनिबार) बिहान करिब ५:३० बजेतिर लुभु सानागाँउबाट लगनखेलतर्फ आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस सडकमै पल्टिएको हो। 

दुर्घटनामा घाइते भएकाहरुको बी एण्ड बी र किस्ट अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको बताइएको छ। बसमा २४ जना सवार थिए।

तीव्र गतिका कारण बस अनियन्त्रित भइ आफैं पल्टिएको प्रहरीको अनुमान छ।

असार २, २०८० शनिबार ०८:२४:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।