हँसिया प्रहार गरी ९ वर्षीय बालकको हत्या

हँसिया प्रहार गरी ९ वर्षीय बालकको हत्या

स्याङजा : स्याङजाको अर्जुनचौपारीमा हँसिया प्रहार गरी एक ९ वर्षीय बालकको हत्या भएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता रवीन्द्र खनालका अनुसार अर्जुनचौपारी– ६ सिउँडीबारी बस्ने २१ वर्षीय सुजन चुवाई (सुवेदी)ले हँसिया प्रहार गरी सोही ठाउँ बस्ने बालक हर्षित देवकोटाको हत्या गरेका हुन्।

शुक्रबार साँझ हँसिया प्रहार गरी बालकको हत्या गर्ने सुवेदी घटना पश्चात् फरार रहेकोमा प्रहरीले पुतलीबजार–१ बाट पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। हत्याको कारण खुल्न सकेको छैन।

असार २, २०८० शनिबार ०७:२५:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।