अनियन्त्रित भई गाडी दुर्घटना हुँदा पूर्वमेयर गिरीको मृत्यु

अनियन्त्रित भई गाडी दुर्घटना हुँदा पूर्वमेयर गिरीको मृत्यु

स्याङजामा : गए राति स्याङजामा भएको गाडी दुर्घटनामा चापाकोट नगरपालिकाका पूर्वमेयर शिव गिरीको मृत्यु भएको छ।

बा १५ च १७०९ नम्बरको ‘स्करपिओ’ अनियन्त्रित भई दुर्घटना हुँदा प्रमुख गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए।

चापाकोट–४ दार्सिङ बस्ने ६० वर्षीय गिरीलाई जिल्ला अस्पताल स्याङजाले ११ः४० मा मृत घोषणा गरेको थियो।

राङखोलाबाट स्याङ्जातर्फ जाँदै गरेको स्करपिओ गए राति ११ बजे पुतलीबजार–१० राङखोलास्थित सिद्धार्थ राजमार्गमा दुर्घटनामा परेको थियो।

प्रहरीले पुतलीबजार–९ कोल्मा बस्ने ३२ वर्षीय सवारी चालक सुरज नेपाली तथा स्करपिओ नियन्त्रणमा लिएको प्रवक्ता खनालले बताउनुभयो।

असार २, २०८० शनिबार ०७:१५:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।